images

Jul 27 2024 | २०८१, साउन १२ गते

नामिबियाद्वारा नेदरल्यान्ड्सलाई १ सय २४ रनको लक्ष्य

नामिबियाद्वारा नेदरल्यान्ड्सलाई १ सय २४ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
  • नामिबियाद्वारा नेदरल्यान्ड्सलाई १ सय २४ रनको लक्ष्य

    काठमाडौँ । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत टियू मैदान कीर्तिपुरमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा सोमबार नेदरल्यान्ड्स र नामिबिया प्रतिस्पर्धा गरीरहेका छन्। टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेदरल्यान्ड्सलाई १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    images

    टियू मैदान कीर्तिपुरमा नामिबिया ३५.१ ओभरमा अलआउट हुँदै १ सय २३ रनमा समेटियो। ४४ रन जोड्दा ६ विकेट गुमाएको नामिबियालाई पछिल्लो क्रमले केही समालेका थिए। उसका लागि जेजे स्मिथले २६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक रुवेन ट्रम्पेलम्यानले २० रन बनाउँदा जेनी ग्रिनले १९ रन बनाए। त्यस्तै बर्नाड स्कल्ट्जले १२ रनको योगदान दिएका थिए।

    नामिबियालाई सस्तैमा समेट्ने क्रममा आर्यन दतले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चिएर ६ विकेट लिए। त्यस्तै क्याली क्लेइनले २ तथा रोयलअफ भान डिर मेर्वी र म्याक्स ओड्वाडले समान १-१ विकेट लिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार