images

Jul 27 2024 | २०८१, साउन १२ गते

नामिबियाविरुद्ध नेदरल्याण्ड्सको सानदार जित

नामिबियाविरुद्ध नेदरल्याण्ड्सको सानदार जित

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
  • नामिबियाविरुद्ध नेदरल्याण्ड्सको सानदार जित

    काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामाथि नेदरल्यान्ड्सले ७ विकेटको जित निकालेको छ।

    images

    कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रनमै अलआउट भयो।

    नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक २६ रन जोडे। बलिङमा नेदरल्यान्ड्सका आर्यन दत्तले ६ विकेट लिए। उनले ८ ओभरमा ३४ रन दिए। १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेटको क्षतिमा २७.२ ओभरमा पूरा गर्‍यो।

    नेदरल्यान्ड्सका लागि मिकेल लेभिटले ५७ रन जोड्दा म्याक्स ओ’डाउदले २८ रन बनाए। बास डी लीडले नटआउट २१ रनको योगदान गरे।

    सिरिजमा बुधबार नेपाल र नामिबियाबीच खेल हुनेछ। यसअघि पहिलो खेलमा नेपालमाथि नामिबियाले जित निकाल्दा दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार