images

Jul 27 2024 | २०८१, साउन १२ गते

एमाले पेशागत विशेष जिल्ला कमिटीको अध्यक्षमा पराजुली

एमाले पेशागत विशेष जिल्ला कमिटीको अध्यक्षमा पराजुली

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन ८ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन ८ २०८०
  • एमाले पेशागत विशेष जिल्ला कमिटीको अध्यक्षमा पराजुली

    काठमाडौँ । नेकपा (एमाले)को पेशागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।

    images

    कमिटीको उपाध्यक्षमा सागर शर्मा, सचिवमा जिबी सुनुवार, उपसचिवमा एलडी भुसाल र युवराज लम्साल निर्वाचित भएका छन् । यस कमिटीमा निजामती, शिक्षक, प्राध्यापक, अन्तरसंस्थान, वित्तीय, गैह्रसरकारी, स्थानीय तह, इञ्जिनीयरिङ, सञ्चारलगायत क्षेत्रका प्रतिनिधि छन् ।
         
    उक्त जिल्ला अधिवेशनको यही फागुन ५ गते एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए । एमालेको उपत्यका विशेष प्रदेशअन्तर्गत चार विशेष जिल्ला कमिटी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार