images

Jul 27 2024 | २०८१, साउन १२ गते

क्यानडा-११ ले नेपाल ए लाई दियो २४१ रनको लक्ष्य

क्यानडा-११ ले नेपाल ए लाई दियो २४१ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन ८ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन ८ २०८०
  • क्यानडा-११ ले नेपाल ए लाई दियो २४१ रनको लक्ष्य

    काठमाडौँ । क्यानडा-११ ले नेपाल ए लाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको क्यानडा-११ ले ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको हो ।

    images

    क्यानडाका लागि श्रेयस मोभ्भाले सर्बाधिक ६८ रन बनाएका थिए । त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए ।

    त्यसैगरी नेपाल ए का बलर शहाब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २-२ विकेट लिएका थिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार