images

Jul 27 2024 | २०८१, साउन १२ गते

नामिबियाविरुद्ध नेपाल एक सय ६८ रनमा समेटियो

नामिबियाविरुद्ध नेपाल एक सय ६८ रनमा समेटियो

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
  • नामिबियाविरुद्ध नेपाल एक सय ६८ रनमा समेटियो

    काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भएको नामिबियाविरुद्धको खेलमा नेपाल एक सय ६८ रनमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलव एक ओभरमा अलआउट हुन पुग्यो । 

    images

    नेपालका लागि आशिफ शेखले ६४ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै कुशल मल्ल ३८ र भीम सार्की २६, कुशल भुर्तेल १८, करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनालले भने खाता खोल्न सकेनन् । 

    नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि(इटनले समान चाररचार विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एकरएक विकेट लिए । नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार