Feb 20 2025 | २०८१, फागुन ८ गते

images
images

सात महिनामा करिब ९ खर्बको आयात 

सात महिनामा करिब ९ खर्बको आयात 

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
  • सात महिनामा करिब ९ खर्बको आयात 

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०-८१ को सात महिनामा करिब नौ खर्ब रूपैयाँ बराबरको आयात भएको छ। साउनदेखि माघसम्ममा आठ खर्ब ९७ अर्ब रूपैयाँ बराबरको कारोबार भएको हो। 

    images
    images
    images

    गत आर्थिक वर्ष २०७९-८० को तुलनामा यसमा २.३१ प्रतिशतले कमी आएको हो। गत आर्थिक वर्षमा ९ खर्ब १९ अर्ब रूपैयाँ बराबरको कारोबार भएको थियो। 

    सात महिनामा आठ खर्ब ९७ अर्ब बराबरको आयात हुँदा ८६ अर्ब ८३ करोडको मात्रै निर्यात हुन सकेको छ। निर्यात ७।०७ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षमा ९३ अर्ब ४३ करोड रूपैयाँको सामान निर्यात भएको थियो।

    अहिले मुलुकमा १०.३४ रूपैयाँको सामान भित्रिदा एक रूपैयाँ बराबरको सामान मात्रै निर्यात भइरहेको छ। आयात घटेको कारण व्यापार घाटा १.७७ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा ८ खर्ब २५ अर्ब रूपैयाँको व्यापार घाटा हुँदा हाल ८ खर्ब ११ अर्ब रूपैयाँले घाटा देखिएको छ।  यो अवधिमा सरकारले भन्सारमा दुई खर्ब ३६ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष भने सरकारले मात्रै दुई खर्ब १२ अर्ब रूपैयाँ राजस्व संकलन गरेको थियो। सात महिनामा सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ, स्टिल प्यालेटबाट बनेका सामान, आइरन र स्टिल रोल, स्मार्ट फोन, औषधी, कोइला, सुन लगायतका वस्तु रहेका छन्। 

    ७७ अर्ब ४१ करोड रूपैयाँको डिजेल, ३८ अर्ब ८२ करोडको पेट्रोल, ३० अर्ब ३१ करोड बराबरको ग्यास आयात भएको छ। 

    यस्तै, २२ अर्ब ६६ करोडको स्टिल प्यालेटबाट बनेका सामान, २१ अर्ब ६१ करोडको आइरन र स्टिल रोल, १७ अर्ब ३८ करोड रूपैयाँको स्मार्ट फोन, १६ अर्ब १२ करोडको औषधीलगायत सामान आयात भएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार