images

Jul 27 2024 | २०८१, साउन १२ गते

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
  • सवारी दुर्घटनामा दुईजनाको मृत्यु

    बागमती । बाराको पथलैयामा आज बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा–२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा  दुईजनाको मृत्य भएको छ भने तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । 

    images

    प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नंको बलेरो तथा विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३३५२ नंको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    घाइतेहरुको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको उनको भनाइ रहेको छ । मृतक तथा घाइतेको पहिचान खुल्न सकको छैन ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार