images

Jul 27 2024 | २०८१, साउन १२ गते

निरन्तर ओरालो यात्रामा नेप्से

निरन्तर ओरालो यात्रामा नेप्से

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
  • निरन्तर ओरालो यात्रामा नेप्से

    काठमाडौँ । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.४६ अंकले तल झरेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२६.५९ अंकमा ओर्लिएको छ ।  आज ३१३ कम्पनीका ६३ लाख ४१ हजार १ सय ७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ ह्जार ७ सय ९९.३७ रुपियाँ बराबरको कारोबार भएको छ ।

    images

    समग्रमा बजार घटे पनि विभिन्न ४ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, हिमालय उर्जा, समाज लघुवित्त, बोटलर्स नेपाल तराई र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ८.५० प्रतिशतले नाफा कमाएका छन् ।  त्यस्तै पिपुल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा धेरै ७.८४ प्रतिशतले घाटा व्यहोरेका छन् ।

    आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड १२ लाख २८ हजार ५ सय ६९.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । उक्त कम्पनीको शेयर मूल्य घटेर प्रतिकित्ता ६३३.२० रुपियाँमा झरेको छ । 

    साताको पहिलो दिन आइतबार २७.२१ अंकले बजार घट्दा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६.१७ रुपियाँ र हिजो मंगलबार १.७६ अंकले  बजार घट्दा  ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९ सय ७८.४३ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने प्रजातन्त्र दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार