images

Jul 27 2024 | २०८१, साउन १२ गते

नेपाल ए ले क्यानडालाई दियो एक सय ८२ रनको चुनौती

नेपाल ए ले क्यानडालाई दियो एक सय ८२ रनको चुनौती

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १० २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १० २०८०
  • नेपाल ए ले क्यानडालाई दियो एक सय ८२ रनको चुनौती

    काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए ले क्यानडालाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ । 

    images

    माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । उनले ४३ बलमा पाँच चौकाको सहायताले २८ रन बनाए । 

    त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए । 

    क्यानडाका लागि डिलोन हेलिगर, निकोलस किर्तन र हर्ष थाकरले समान दुई/दुई विकेट लिए भने कप्तान साद बिन जफर र कलिम सानाले सामन एक/एक विकेट लिए ।

    आजको विजेताले जारी शृङ्खलामाथि कब्जा जमाउनेछ । तीन खेलको उक्त प्रतियोगितामा हाल दुवै टोलीले एक/एक खेल जितका छन् । नेपाल पहिलो खेलमा चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा दुई विकेटको जित हासिल गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार