images

Jul 27 2024 | २०८१, साउन १२ गते

एमाले बैठकस्थलमा प्रविधि प्रदर्शनी

एमाले बैठकस्थलमा प्रविधि प्रदर्शनी

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १० २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १० २०८०
  • एमाले बैठकस्थलमा प्रविधि प्रदर्शनी

    काठमाडौँ । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकस्थलमा सो पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले पार्टी केन्द्रीय कार्यालय, च्यासल परिसरमा ‘प्रविधि प्रदर्शनी’ आयोजना गरेको छ ।
          
    सो विभागका सचिव सञ्जिव रोकाहाले विकास र समृद्धिका साथै प्रविधिलाई पनि पार्टीले महत्व दिनुपर्ने सोचलाई स्थापित गर्न प्रदर्शनी आयोजना गरिएको बताए। प्रदर्शनीमा विभिन्न प्रविधि कम्पनीले सहभागिता जनाएका छन् । 

    images

    प्रविधि कम्पनी रामलक्ष्मणको डिजिटल ठेगाना कता हो ? भन्ने जानकारीका साथै ड्रोन रोबटको प्रदर्शनी, लघुउद्यमसम्बन्धी नेपालमै मेसिन बनाउने भूमि सप्लायर्स कम्पनीका दुनाटपरी बनाउने मेसिन, फाइबर उत्पादन, केराका पातबाट डोरी बनाउने मेसिन, गल्लीको नक्साबारे जानकारी, अग्र्यानिक कृषि औषधि र मिनी हाइड्रोबारे जानकारी दिने कक्षा राखिएको रोकाहाले बताए ।
          
    प्रदर्शनीको बुधबार पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरूले अभिरुचिपूर्वक अवलोकन गरी प्रविधिबारे जानकारी लिएका थिए ।

    स्वास्थ्य सहायता कक्ष

    एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताहरूको प्राथमिक स्वास्थ्य परीक्षणका लागि बैठकस्थलमा स्वास्थ्य सहायता कक्ष राखिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले राखेको सहायता कक्षबाट नेताहरूले रक्तचापको अवस्था, मधुमेह र अन्य प्राथमिक उपचार सेवा लिएका छन भने औषधिसमेत उपलब्ध गराइएको छ । 

    महासङ्घका अध्यक्ष डा झलक गौतमलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराइरहेकाले एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । यही फागुन ८ गतेदेखि सुरु भएको एमालेको बैठक आज सकिँदैछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार