Feb 20 2025 | २०८१, फागुन ८ गते

images
images

मोरङको प्रगति टोलमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

मोरङको प्रगति टोलमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ११ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ११ २०८०
  • मोरङको प्रगति टोलमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    मोरङ । मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगति टोलमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने एकै परिवारको दुई जना र अर्का एक जना रहेका छन् । बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योति अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको प्रत्यक्षदर्शी मायालु न्यौपानेले बताए ।

    images
    images
    images

    ज्योतिका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरू सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो ढुङ्गाले किचेर मृत्यु भएको प्रत्यक्षदर्शी बताएका छन् । ज्योति अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो ।

    अहिलेसम्म लहरीले थिचेर मृत्यु भएको बालबालिकाहरूको शव निकाल्न प्रहरीले सकेको छैन । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले घटनास्थलबाट ढुङ्गा पन्छाएर शव निकाल्ने प्रयास गरिरहेको बताए । ‘अहिले क्रेनको सहयोगमा उद्धार गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार