images

Jul 27 2024 | २०८१, साउन १२ गते

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ११ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ११ २०८०
  • बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको छानबिनको प्रतिवेदन संसदमा पेस गर्न माग गरेको छ।

    images

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले बालकुमारी घटनाबारे छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसदमा पेस गर्न माग गरेका हुन्।

    साथै सो घटनामा छानबिन आयोगको प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र घटनामा दुई युवाको हत्या भएको प्रधानमन्त्रीको अभिव्यक्तिका कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेले माग गर्दै आएको छ। शुक्रबार बसेको संसद् बैठकमा पनि सांसद भट्टराईले उक्त माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार