images

Jul 27 2024 | २०८१, साउन १२ गते

प्रतिपक्षीको अवरोधले संसद बैठक स्थगित

प्रतिपक्षीको अवरोधले संसद बैठक स्थगित

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ११ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ११ २०८०
  • प्रतिपक्षीको अवरोधले संसद बैठक स्थगित

    काठमाडौँ । विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित दलहरूले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

    images

    विपक्षी दलहरूले बालकुमारी घटनामा भौतिकमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र रामग्राम क्षेत्रको जग्गामा जोडिएका पर्यटनमन्त्री सुदन किराती राजीनामा माग गर्दै आएका छन्।

    आजको बैठकमा उनीहरुले बालकुमारी घटना, टेरामक्सलगायत घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ दिनुपर्ने माग राखे।

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सत्तापक्ष सांसद राजेन्द्रकुमार केसीले विधेयक पास गर्ने क्रममा प्रतिपक्षी दलका सांसदले असहयोग गरेको आरोप लगाएपछि केहि समय विवाद समेत भएको थियो।

    आकस्मिक समय चलिरहेको समयमा सांसद केसीलाई सभामुख देवराज घिमिरेले समय उपलबब्ध गराएका थिए। सभामुखले समय उपलब्ध गराएसँगै सांसद केसीले बिहीबार राजनीतिक दल सम्बन्धी विधेयक पेस हुँदा एमाले सहितका प्रमुख प्रतिपक्ष दलका सांसदहरु १५ जना बाहिर निस्केको अनि गणपुरक संख्या माग गरेको भन्दै विधेयक पास गर्ने कुरामा प्रतिपक्षले यस्तो भूमिका निभाउन नमिल्ने आरोप लगाए। उनले यस्तो आरोप लगाए लगत्तै प्रतिपक्ष दलहरुले विरोध गर्न गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार