images

May 17 2024 | २०८१, जेठ ४ गते

गायक तथा सङ्गीतकार आचार्यको निधन

गायक तथा सङ्गीतकार आचार्यको निधन

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन १४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन १४ २०८०
  • गायक तथा सङ्गीतकार आचार्यको निधन

    काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाउनुभएका उहाँको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो । 

    images
    images

    वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए ।  अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो । 

    आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज दिएका छन् । गायक आचार्यको पार्थिव शरीरलाई मङ्गलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने सङ्गीतकार सापकोटाले बताए । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशिल छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट