images

May 17 2024 | २०८१, जेठ ४ गते

जसपाका एउटै कलस्टरका दुई सांसदको निधन

जसपाका एउटै कलस्टरका दुई सांसदको निधन

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत ४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत ४ २०८०
  • जसपाका एउटै कलस्टरका दुई सांसदको निधन

    काठमाडौँ । जनता समाजवादी पार्टीको समानुपातिकतर्फ मुस्लिम कलस्टरकै दुई जना सांसदको निधन भएको छ । जसपाले २०७९ को चुनावमा प्रतिनिधि सभातर्फ समानुपातिकमा मुस्लिम कलस्टरमा एक जना पुरुषसहित तीन जना महिलालाई उम्मेदवार बनाएको थियो ।

    images
    images

    त्यसमध्ये एक नम्बरमा रहेको मुस्लिम महिला झापाका ६३ वर्षीय सहनाज रहमान निर्वाचित भएकी थिइन् । उनको २०७९ फागुन १३ गते ह्रदयघातका कारण निधन भएको थियो । भक्तपुरमा एउटा पिकनिक कार्यक्रममा गएको बेला अचानक उनको मुटु दुख्न थालेपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।

    उपचारकै क्रममा उनको निधन भएको थियो । उनको निधन भएपछि मुस्लिम महिला कलस्टरको दोस्रो नम्बरमा रहेको सप्तरीका ५८ वर्षीय मञ्जु अन्सारीलाई २०७९ चैत ६ गते निर्वाचन आयोगले निर्वाचित गरेको थियो । ठिक एक वर्षपछि मञ्जु अन्सारीका पनि आज ह्रदयघातका कारण निधन भएको हो ।

    निर्वाचन आयोगको वेबसाइटमा राखिएको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूची अनुसार मुस्लिम महिला कलस्टरको तेस्रो नम्बरमा बाँकेकी २७ वर्षीय हसिना खानको नाम रहेको छ ।

    जसपाबाट मुस्लिम महिला कलस्टरको हिसाबले हसिना खान समानुपातिक सांसदमा निर्वाचित हुने बताइएको छ । मुस्लिम महिला कलस्टरको सूचीमा हसिना खानको नाम अन्तिम हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट