images

Jun 03 2024 | २०८१, जेठ २१ गते

एकल बहुमतसहित निर्णायक बन्नुपर्नेमा अध्यक्ष ओलीको जोड

एकल बहुमतसहित निर्णायक बन्नुपर्नेमा अध्यक्ष ओलीको जोड

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
  • एकल बहुमतसहित निर्णायक बन्नुपर्नेमा अध्यक्ष ओलीको जोड

    गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

    images
    images

    एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले एकताबद्ध एवं अनुशासित भएर पार्टीलाई बलियो बनाउने गरी सबै लाग्नुपर्नेमा जोड दिए । 

    पार्टीका पूर्वप्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परिपाटी गलत भएको उनले टिप्पणी गरे । स्वतः वरिष्ठ नेताका रुपमा रही दोस्रो वरियताको नेता बन्ने र झन्झट दिने काम गलत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी दिनमा एमालेमा त्यस्तो नहुने बताए । आफूले सकुन्जेल काम गर्ने र अध्यक्ष छोडेपछि त्यस्तो झन्झट नदिने उनले स्पष्ट पारे । 

    पोखरामा आफूले जेलजीवन बिताउँदा धेरै माया र स्नेह पाएको स्मरण गर्दै उनले यो आफैँमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट