images

Jul 27 2024 | २०८१, साउन १२ गते

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
  • हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु

    काठमाडौं । हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिराब्दुल्लाहियानको मृत्यु भएको छ । इरानको पूर्वी अजरबैजान प्रान्तमा भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रायसी र विदेशमन्त्री अमिराब्दुल्लाहियानको मृत्यु भएको पुष्टि भएको हो  ।

    images

    त्यहाको सरकारी टेलिभिजनले कोही पनि जिवित फेला नपरेको पुष्टि गरेको  हो । इरानी राष्ट्रपतिको हेलिकप्टर आइतबार कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो । सरकारी टेलिभिजनका अनुसार राष्ट्रपति सवार हेलिकोप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटनामा परेको हो । मौसम र भौगोलिक जटिलताका कारण खोज र उद्धार टोली दुर्घटनास्थल सम्म पुग्न निकै सकस परेको थियो ।

    दुर्घटनास्थल राजधानी तेहरानबाट ६०० किलोमिटर टाढा पर्छ। पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न  विभिन्न ४० टोली खटाइएको थियो ।

    दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको बताइएको छ । ६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए ।

    राष्ट्रपतिसहित हेलिकोप्टरमा ९ जना सवार थिए । समाचार एजेन्सी एपीका अनुसार हेलिकप्टरमा अंगरक्षक, पाइलट, को(पाइलट, सुरक्षा प्रमुख र उच्च अधिकारीहरू  सवार थिए।

    उद्धारकर्ताहरूले खराब मौसमका बीच निकै लामो प्रयासमा दुर्घटनास्थल फेला पारेका थिए । उनको मृत्यु भएसँगै इरानका उपराष्ट्रपति मुहमद मुखबरले राष्ट्रपतिको कार्यभार सम्हालेका छन् । नयाँ राष्ट्रपतिको निर्वाचन ५० दिनभित्रमा गर्ने इरानी सरकारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार