images

Jul 27 2024 | २०८१, साउन १२ गते

गलत प्रवृत्तिलाई निरुत्साहित गरेरै छाड्छौ : सञ्चारमन्त्री शर्मा

गलत प्रवृत्तिलाई निरुत्साहित गरेरै छाड्छौ : सञ्चारमन्त्री शर्मा

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत २५ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत २५ २०८०
  • गलत प्रवृत्तिलाई निरुत्साहित गरेरै छाड्छौ :  सञ्चारमन्त्री शर्मा

    काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरु बेथिती र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताएकी छन्।

    images

    प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौ  बैठकलाई सम्बोधन गर्दै उनले बेथिती र गलत प्रवृत्ति विरुद्ध अन्तिम समयसम्म लडिरहने बताइन् ।

    विशेषगरी आइटी क्षेत्रमा सीमित व्यक्तिको  हालीमुहाली रहेको र त्यसलाई तोड्न खोज्दा पटक–पटक मुद्दा मामिला बेहोर्नु परेको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिनुभएको सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न  सञ्चार मन्त्रालय र मातहतका निकायहरु जोडतोडका साथ लागिपरेको उनको भनाइ थियो । 

    आमसञ्चारका क्षेत्रमा सञ्चार मन्त्रालयले अहिले बढीभन्दा बढी काम गरिरहेको भन्दै मन्त्री शर्माले मन्त्रालयले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले सबै प्रकारका मिडियालाई संरक्षण, नियमन गर्न सक्ने बताइन् ।

    “मन्त्रालयले तयार पारेका विभिन्न ऐन कानुन कार्यान्वयनमा आएपछि आमसञ्चार क्षेत्रमा आमूल परिवर्तन हुन्छ”, मन्त्री शर्माले भनिन्, “सञ्चार मन्त्रालयमा भएका कामले वर्तमान सरकारले गरेका सुशासन, र समृद्धि लक्ष्यलाई साथ पुग्दै आएको छ ।”

    माओवादीले अहिलेसम्म ऊर्जापछि सबैभन्दा धेरै पटक सञ्चार मन्त्रालयको नेतृत्व लिएको भन्दै उनले त्यसैको परिणाम अहिले गाउँगाउँका जनता हातहातमा सञ्चारको पहुँच पु-याउन सकिएको बताइन् ।

    मन्त्री शर्माले  माओवादीले नेतृत्व सम्हालेका मन्त्रालयले  हरेक पटक  कहीँ न कहीँ नेपाली जनताले  परिवर्तनको महसुस गर्न पाएको उल्लेख गरिन् । बैठकलाई नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटालगायतले सम्बोधन गरे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार