images

Jul 27 2024 | २०८१, साउन १२ गते

उद्योगमैत्री कानुन बनाउने अन्तिम चरणमा पुगेका छौँ : मन्त्री भण्डारी

उद्योगमैत्री कानुन बनाउने अन्तिम चरणमा पुगेका छौँ : मन्त्री भण्डारी

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
  • उद्योगमैत्री कानुन बनाउने अन्तिम चरणमा पुगेका छौँ : मन्त्री भण्डारी

    काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संसद्को हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग,लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन् । 

    images

    सोमवार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको काठमाडौँमा भएको १८ औँ वार्षिक साधरणसभामा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

    उनले सरकारले उद्योगमैत्री कानुन बनाएर अन्तिम चरणमा पुर्‍याएको दाबी गरे । मन्त्री भण्डारीले सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएका सम्भावनालाई पूरा गर्ने गरी काम भइरहेको बताए  । मन्त्री भण्डारीले भने, ‘उद्योगमैत्री कानुन बनाउने अन्तिम चरणमा पुगेका छौँ । त्यसको प्रक्रियामा अगाडि बढेका छौँ । यही संसद्को अधिवेशनमा उद्योग मन्त्रालयको तर्फबाट १० वटा कानुनहरू संशोधनको प्रक्रियामा अगाडि बढाएका छौँ । त्यसमा सरकारको छुट्टै छैन । जब निजी क्षेत्र बलियो हुँदैन । त्यहाँका सम्भावनालाई देख्दैन भने सरकार दायित्वबाट पछाडि हट्दैन ।’ 

    उद्योग मन्त्री भण्डारीले समयानुकूल उद्योग नीति,वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयानुकूल अगाडि बढाउने बताए । मन्त्री भण्डारीले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडीबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने उल्लेख गरे ।

    उनले करको विषयमा उद्योगी व्यवसायीहरूका असहमतिलाई नीतिगत रूपमा समाधान गर्ने गरी बजेट आउने जानकारी दिए । मन्त्री भण्डारीले विश्व बजारसँग प्रतिस्पर्धा गर्न नेपालको प्राकृतिक सम्पदा र स्रोतहरूमा बढी केन्द्रित वस्तुहरू उत्पादनमा जोड दिनुपर्नेमा उल्लेख गर्दै नेपालमा यही क्षेत्रमा रोजगारी सिर्जना गरी नेपाली उत्पादनहरूलाई निर्यात गर्ने वातावरण बनाउनुपर्ने बताए । 

    उनले उद्योग नीतिमा भएका अस्पष्टताहरूलाई सरकारले चाँडै समाधान गर्ने प्रतिबद्धता जनाए । १० वटा उद्योगसँग सम्बन्धी ऐनहरू संशोधन गरेर उद्योगी व्यवसायीहरू उद्योग मन्त्रालय आएर मागहरू पूरा गरौँ भन्ने देउसी भैलीको अन्त्य गरी ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गरिने उनको भनाई थियो ।

    मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरू ल्याउन लागेको बताउँदै स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवृद्धि कार्यक्रम ल्याउन लागेको जानकारी दिए । उनले स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउने तयारी रहेको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार