images

Jul 27 2024 | २०८१, साउन १२ गते

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
  • गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

    काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । दुई बिचको सम्बन्धमा दरार आएपछि उनीहरूले सम्बन्ध बिच्छेद गरेको बताइएको छ ।

    images

    ऋचाले डिभोर्सको मुद्दा दायर गरेकी थिइन् । अदालतको वेबसाइटमा उनीहरुबीच सम्बन्ध विच्छेदको मिलापत्र भएको उल्लेख छ । आपसी सहमतिमै उनीहरुले डिभोर्स गरेको जनाइएको छ ।

    चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।
    २०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेका थिए । विवाह भएपछि सम्बन्ध लामो समय टिक्न नसकेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार