images

May 17 2024 | २०८१, जेठ ४ गते

नेपालमा पर्यटकको औसत बसाइ १३.२ दिन

नेपालमा पर्यटकको औसत बसाइ १३.२ दिन

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
  • नेपालमा पर्यटकको औसत बसाइ १३.२ दिन

    काठमाडौँ । नेपालमा एक जना पर्यटकको औसत बसाइ १३.२ दिन रहेको पाइएको छ । सन् २०२३ मा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक नेपाल आएका थिए ।

    images
    images

    उनीहरू नेपालमा औसत १३.२ दिन बसेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो संख्या सन् २०२२ को तुलनामा सामान्य बढी हो । सन् २०२२ मा औसत बसाइ १३.१ दिन रहेको थियो ।

    सन् २०२२ को तुलनामा पर्यटक आगमन ६५.०५ प्रतिशतले बढेको थियो । सन् २०२२ मा ६ लाख १४ हजार ८६९ जना पर्यटक आएका थिए । कोभिड महामारीका बेला कम पर्यटक आएपनि पर्यटकको बसाइ अवधि भने बढी हो । सन् २०२० मा १५.१ दिन र सन् २०२१ मा १५.५ दिन बसाइ अवधि थियो ।

    त्यसअगाडि धेरै पर्यटक आएको वर्ष सन् २०१९ मा १२.७ दिन औसत प्रतिपर्यटक बसाइ अवधि थियो । नेपाल आउने पर्यटकमध्ये ५५.८४ प्रतिशत पुरुष र ४४.१२ प्रतिशत महिला रहेको तथ्यांक छ । सन् २०२२ को तुलनामा महिला पर्यटक बढेको देखिएको छ ।

    नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै ३१–४५ वर्ष उमेर समूहका धेरै छन् । सन् २०२३ मा यो उमेर समूहका सर्वाधिक ३ लाख १७ हजार १७० जना आएका छन् । यो कुल पर्यटक आगमनको ३१.२५ प्रतिशत हो ।

    दोस्रो स्थानमा ४६ देखि ६० वर्ष उमेर समूहका छन् । यो समूहका २ लाख ७२ हजार ३४२ जना पर्यटक आएका छन् । यो २६.८४ प्रतिशत हो ।

    नेपालमा पर्यटकको औसत बसाइ

    • सन् २०१९ : १२.७ दिन
    • सन् २०२० : १५.१ दिन
    • सन् २०२१ : १५.५ दिन
    • सन् २०२२ : १३.१ दिन
    • सन् २०२३ : १३.२ दिन

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट