images

May 17 2024 | २०८१, जेठ ४ गते

जनकपुरको होटलमा एक युवा झुण्डिएको अवस्थामा मृत भेटिए

जनकपुरको होटलमा एक युवा झुण्डिएको अवस्थामा मृत भेटिए

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
  • जनकपुरको होटलमा एक युवा झुण्डिएको अवस्थामा मृत भेटिए

    काठमाडौँ । जनकपुरमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ का २५ वर्षीय मित कुशियैत यादव मृत भेटिएका हुन् ।

    images
    images

    होटलको कोठा नम्बर २०४ मा झुन्डिएको अवस्थामा कुशियैतको शव भेटिएको धनुषा प्रहरीले जनाएको छ । बेलुका ७ बजे कुशियैतले कोठा बुक गरेका थिए । ढोका खुल्लै राखेर उनी झुण्डिएको अवस्थामा राति ११ बजे फेला परेका हुन् । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । मृत्युको कारण खुलेको छैन ।

    यस अघि हिजो दिउँसो मात्रै जनकपुरको रामानन्दचोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा एक महिला र एक पुरुष एकै ठाँउमाझुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार