images

May 09 2024 | २०८१, वैशाख २७ गते

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य 

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य 

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
  • प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य 

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ  । सुनको मूल्य बुधबार ५ सय रुपैयाँले बढेको हो ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन १ लाख ३६ हजार रुपैयाँमा कारोबार भैरहेको छ  ।

    images
    images

    मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुन १ लाख ३५ हजार ३५० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३४ हजार ८५० रुपैयाँमा करोबार भएको थियो । यस्तै,  बुधबार चाँदी १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी तोलाको १० रुपैयाँ घटेको हो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट