images

May 17 2024 | २०८१, जेठ ४ गते

अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
  • अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने ३० वर्षीय हेमन्त विकलाई अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्राम, २ थान मोबाइल, १ थान कैंचीसहित  प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  

    images
    images

    यता झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित कमल गाउँपालिका–५ बस्ने २० वर्षीय मनिष मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

    यसैगरी झापाकै दमक नगरपालिका–९ क्याम्पस मोडबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने मोरङ उर्लाबारी नगरपालिका–९ घर भएका २४ वर्षीय सुजन दाहाल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले सुजनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  

    झापाकै दमक नगरपालिका-१ हिमालय टोलबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय हर्क बहादुर कुमालसहित ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  

    अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका–७ तातिगाँउबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो दखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्रामसहित मधुवन नगरपालिका–९ बस्ने ३० वर्षीय ईश्वर नेपाली समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट