images

May 17 2024 | २०८१, जेठ ४ गते

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
  • महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

    महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आज दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

    images
    images

    आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उनले बताए। 

    “आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खटिएका छन्”, प्रहरी नायव उपरीक्षक जैसवारले भने । आगलागीबाट एक सय ५० भन्दा बढी घरमा क्षति पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट