Feb 20 2025 | २०८१, फागुन ८ गते

images
images

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख १३ २०८१
  • उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन् ।

    images
    images
    images

    स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को यही वैशाख १० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सोही दिन निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यही वैशाख १० गतेको सिफारिसका आधारमा उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा  (२) बमोजिम स्वीकृति प्रदान गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार