images

May 17 2024 | २०८१, जेठ ४ गते

पर्वतमा दम्पतीको हत्या प्रकरणमा सीआईबीले समायो २ जना

पर्वतमा दम्पतीको हत्या प्रकरणमा सीआईबीले समायो २ जना

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
  • पर्वतमा दम्पतीको हत्या प्रकरणमा सीआईबीले समायो २ जना

    काठमाडौँ । पर्वतमा दम्पतीको हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दुई जनालाई पक्राउ गरेको छ ।

    images
    images

    ब्युरोले लामो अनुसन्धानपछि पर्वतकै कृष्ण वीकलाई म्याग्दी र दीपक परिवारलाई पोखराबाट पक्राउ गरेको हो ।

    लुटपाट भएको सुनसहित पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होबिन्द्र बोगटीले जानकारी दिए । पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा चैत १९ मा दम्पतीको हत्या भएको थियो । ६८ वर्षीय सूर्य बहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसी मृत अवस्थामा भेटिएका थिए ।

    उनीहरूको घाँटी र टाउकोमा चोट लागेको थियो भने धारिलो हतियार प्रहार गरेर हत्या भएको अवस्थामा शव फेला परेको थियो । लुटपाटको उद्देश्यले नै उनीहरूको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट