images

May 17 2024 | २०८१, जेठ ४ गते

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकको कारबाही

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकको कारबाही

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २० २०८१
  • निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकको कारबाही

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्दा चार वाणिज्य बैंकलाई कारबाही गरेको हो ।

    images
    images

    यस्तै शुद्धीकरण निवारण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेकोमा दुई विकास बैंकलाई पनि विभागले कारबाही गरेको छ । नियामकीय व्यवस्था उल्लंघन गर्ने लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था उल्लंघन गर्ने लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंक पनि कारबाहीमा परेको हो ।

    राष्ट्र बैंकले लक्ष्मी सनराइज (साविकको लक्ष्मी बैंक) को संस्थापक सेयरधनी राजेन्द्रकुमार खेतानलाई १० लाख रुपैयाँ नगद जरिवाना गराएको छ । बैंकको १ प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक सेयरधनी खेतानले सोही बैंकका ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जामध्ये ११ करोड ४४ लाख आफ्नो खातामा ट्रान्सफर गरीरगराइ उपयोग गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट