images

May 20 2024 | २०८१, जेठ ७ गते

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २७ २०८१
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक

    काठमाडौँ । शुक्रबारदेखि सुरु हुने संसदको बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । 

    images
    images

    बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । बैठकले बजेट अधिवेशनमा संसदमा खेल्नुपर्ने भूमिकाबारे निर्णय गर्नेछ । बैठकमा सबै सांसदलाई धारणा राख्ने अवसर दिइने प्रमुख सचेतक लेखकले बताए । 

    ‘देशको गृहमन्त्रीमाथि नै सहकारी ठगीजस्तो अपराधको आरोप लागेको छ । तर सरकारले छानबिन गर्न मानेको छैन,’ उनले भने, ‘हामी यो परिस्थितिमा सबै सांसदहरूको विचार र धारणा सुन्न चाहेका छौँ । त्यसकारण आजको बैठकमा सबै सांसदहरूले धारणा राख्ने हुन्छ, आजै सकिएन भने शुक्रबार पनि बैठक चल्छ ।’ 

    बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानबिन समिति गठन लगायत विषयमा छलफल हुने उनले बताए । शुक्रबारदेखि बजेट अधिवेशन बोलाइएको छ । कांग्रेसले भने सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागमा अडान राख्दै आएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार