images

Jul 27 2024 | २०८१, साउन १२ गते

‘हिमाली पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण संवेदनशील छन्’

‘हिमाली पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण संवेदनशील छन्’

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ९ २०८१
  • ‘हिमाली पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण संवेदनशील छन्’

    काठमाडौँ । जलवायु विषयका जानकारहरुले हिमाली पारिस्थितिकीय प्रणाली हालैका वर्षहरुमा जलवायु परिवर्तनका प्रभावप्रति विशेषरूपमा संवेदनशील रहेको उल्लेख गरेका छन् ।

    images

    आजदेखि यहाँ सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को पहिलो सत्रका वक्ताहरुले अन्य स्थलीय बासस्थानभन्दा हिमालमा छिटो दरमा जलवायुका कारण प्रभावित भइरहेका तथ्य पेस गरे । उक्त सत्रमा बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरी, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहाका लागि सहायक निकाय (साब्टा)का अध्यक्ष ह्यारी भिरेउ, किर्गिस्थानका पर्वतीय मुद्दाहरूमा राष्ट्रपतिका पूर्वविशेष दूत नुर्लान आइटमुजाइभ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले आ–आफ्ना धारणा राखेका थिए।

    यसैगरी यस सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ मुख्य वक्ताका रुपमा थिए भने यस सत्रको सञ्चालन जलवायुविज्ञ मन्जित ढकालले गरेका थिए । विश्वको ४० प्रतिशत जनसङ्ख्या अप्रत्यक्ष रूपमा पिउने पानी, कृषि, जैविक विविधता र जलविद्युत्का लागि हिमाली स्रोतहरूमा निर्भर छ, जुन विश्व तापमानमा वृद्धिका कारण गुम्न सक्छ ।

    हिमपहिरो र पहिरोजस्ता चरम घटनाहरू सामान्य हुँदै गएकाले जलवायु परिवर्तनले खतराहरूको जोखिम बढाउने सम्भावना पनि छ । नीति निर्माता, वैज्ञानिक, व्यवसायी र नागरिक समाजका संस्थाहरूलाई एकसाथ ल्याएर हिमालमा जलवायु परिवर्तनसम्बन्धी विज्ञान र प्रमाणसम्बन्धी सूचना र ज्ञानको आदानप्रदानलाई प्रवद्र्धन गर्न यो सत्रको आयोजना गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार