images

May 17 2024 | २०८१, जेठ ४ गते

मजदुरहरूलाई दोश्रो दर्जाको नागरिक नठान्न चेतावनी

मजदुरहरूलाई दोश्रो दर्जाको नागरिक नठान्न चेतावनी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • मजदुरहरूलाई दोश्रो दर्जाको नागरिक नठान्न चेतावनी

    काठमाडाै‌ँ । हालै काठमाडौं महानगरपालिकाले अटो रिक्सा ई रिक्सा तथा ठेला गाडा क्षेत्रमा काम गर्ने मजदुरहरूको हित विपरित निर्णय गरेकोप्रति नेपाल अटो रिक्सा ई रिक्सा तथा ठेला सम्बद्ध श्रमिक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  ।

    images
    images

    संघका अध्यक्ष खिलनाथ बस्नेतले एक विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा काम गर्ने मजदुरहरूलाई राज्यले दोश्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरिरहेको र महानगरले पनि त्यस्तै हेपाहा व्यवहार गर्न थालेको बताएका छन ।

    उनका अनुसार केही समय अगाडि काठमाडाै‌ँ महानगरपालिकाले केही ट्रेड युनियनका प्रतिनिधि पात्र राखेर यस क्षेत्रका मजदुरहरूको सङ्घलाई समेत कुनै जानकारी नगराई स्वरोजगार तथा अन्य मजदुरहरूको हित विपरीत मजदुरहरूको रोजी रोटीमा आघात पुग्ने निर्णय भएको पाइएको छ ।

    सोही निर्णयको हवाला दिदै नगर प्रहरी र ट्राफिक प्रहरीबाट रिक्सा समातेर कब्जा गर्ने रणनीति लिएको छ ।  उपत्यका भित्रमा २५ हजारको हाराहारीमा मजदुरहरू काम गर्दछन् । उनीहरूका परिवारका सदस्यहरू यसमै आश्रित रहेका छन् । त्यस्तो गम्भिर विषयलाई समेत ध्यान नराखी कसको स्वार्थपूर्तिका लागि महानगरले चालेको कदम मान्य नहुने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्ती जस्ताकाे तस्तै 

    9baa39c5-b7ff-4bd0-90a4-fa6ab85b2e2a.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट