Aug 11 2026 | २०८३, साउन २६ गते

साझाले बनायो १.१ मेगावाट बिजुली खपत गर्ने चार्जिङ डिपो,४० विद्युतीय बस सञ्चालनमा

साझाले बनायो १.१ मेगावाट बिजुली खपत गर्ने चार्जिङ डिपो,४० विद्युतीय बस सञ्चालनमा

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
  • साझाले बनायो १.१ मेगावाट बिजुली खपत गर्ने चार्जिङ डिपो,४० विद्युतीय बस सञ्चालनमा

    काठमाडौँ । साझा यातायात सहकारी संस्था लिमिटेडले ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठले डिपोटको उद्घाटन गरेका हुन् ।

    images

    चीनबाट आयात गरिएका ९ मिटर लामा ४० वटा बस चार्जिङ स्टेसनको अभावमा सञ्चालनमा आउन सकेका थिएनन् । यसका लागि आवश्यक १.१ मेगावाट क्षमताको चार्जिङ डिपोट पनि साझाले निर्माण गरेको छ । साझा यातायातले नेपालमै पहिलो पटक १.१ मेगावाट क्षमताको चार्जिङग डिपोट निर्माण गरेको हो ।

    त्यसमा २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको छ । अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस फुल चार्ज हुने जनाइएको छ । एक पटक फुल चार्ज गरेपछि २०० किलोमिटरसम्म गुड्न चल्न सक्ने साझाले जनाएको छ ।

    साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेको थियो ।सो सम्झौतामा कम्पनीसँग बस र आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । 

    बसभित्र होचो (लो फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान रहेको छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी र अरु सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । अरु बसभन्दा यी बस यात्रुका लागि बढी आरामदायी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट