images

May 17 2024 | २०८१, जेठ ४ गते

नदीजन्य पदार्थ दोहन गरी चोरी, निकासी बढ्दै

नदीजन्य पदार्थ दोहन गरी चोरी, निकासी बढ्दै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २४ २०७९
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २४ २०७९
  • नदीजन्य पदार्थ दोहन गरी चोरी, निकासी बढ्दै

    उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ५, २ र १, तथा वडा नं १२ स्थित त्रियुगा नदी आसपासबाट हिजोआज दैनिक नदीजन्य पदार्थ दोहन गरी चोरी, निकासी बढ्दै गइरहेको छ ।

    images
    images

    केही ट्र्याक्टर व्यवसायी र नदीजन्य पदार्थ गैरकानुनीरुपमा उत्खनन गर्ने गिरोहले अहिले वडा नं १ को जोगिदह क्षेत्रको त्रियुगा नदी किनार तथा वडा नं १२ को त्रिवेणी तथा आर्यघाटसहित त्रियुगा पुल आसपासका क्षेत्रबाट रात्रिको समयमा र केहीले दिनमै पनि  नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यलाई तीव्रता दिँदै आएका छन् ।

    मनपरी नदीजन्य पदार्थ निकासी र दोहन हुँदा पनि यसका सरोकारवाला निकाय मौन बस्ने गरेको स्थानीयवासीको गुनासोगरेका छन् ।  पन्ध्र दिनदेखियता आएर केही ट्र्याक्टर व्यवसायी र केही अन्य गिरोहको मिलेमतोमा स्थानीय लुहाले खोला आसपासबाट रात्रिको समयमा मनपरी ढङ्गले ढुङ्गा उत्खनन र निकासी गर्ने कार्य भइरहेको वडा नं २स्थित खैजनपुरका कृष्णराज धाँमी ले बताए  ।

     त्रियुगा नदी आसपासबाट दिनमै  दर्जनौं ट्र्याक्टरले अवैधरुपमा बालुवा तथा रोडा उत्खनन गरेर निकासी गरिरहेकाले यस विषयमा  पटकपटक सरोकावाला निकायलाई जानकारी गराउँदा पनि  नियन्त्रणमा सरोकारवाला निकायले खासै चासो नदेखाएको उनले बताए ।  

    वडा नं ५ को देउरी तथा बगाहा क्षेत्रको त्रियुगा नदी किनारा क्षेत्रबाट पनि अहिले दैनिक दर्जनौँ ट्र्याक्टरले नदीजन्य पदार्थ खुलेआम निकासी गरेर बिक्री गर्ने गरेको बगाहाका राकेश खड्काले बताए । स्थानीय पालिका, वडाका जनप्रतिनिधि र प्रहरी प्रशासनलाई समेत जानकारी गराउँदा पनि नियन्त्रण गर्नेतर्फ कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।

    जिल्ला सदरमुकाम गाईघाट बजारको पूर्वतर्फ अवस्थित बरुवा नदीको ढिम्की, चपन, क्षेत्रमा महिनौँ अगाडिदेखि नदीको संरचना नै भत्काएर अवैधरुपमा ढुङ्गा निकासी भइरहेको त्रिनपा–११ शिवालय टोलका विष्णु कार्की बताए । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट