images

Sep 29 2026 | २०८३, असोज १३ गते

असी लाख लागतमा वडा कार्यालयको प्रशासनिक भवन निर्माण

असी लाख लागतमा वडा कार्यालयको प्रशासनिक भवन निर्माण

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
  • असी लाख लागतमा वडा कार्यालयको प्रशासनिक भवन निर्माण

    कैलाली । कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा वडा कार्यालयको भवन निर्माण गरिएको छ । रु ८० लाखको लागतमा वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । 

    सो नवनिर्मित भवन भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त सभाहलसहित चार कोठा रहेको उनले बताए । वडा कार्यालयको प्रशासनिक भवन निर्माणपछि सेवा प्रवाहमा सहजता हुने बताउँदै अध्यक्ष बोगटीले जनभावनाअनुसार जनप्रतिनिधि र कर्मचारीले पालिकावासीको सेवा गर्ने विश्वास व्यक्त गरे । 

    अघिल्लो आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले विनियोजन गरेको रु एक करोडमध्ये रु ८० लाख लागतमा भवन निर्माण गर्न पृथ्वी कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।

    पहाडी भेगमा पर्ने सो गाउँपालिकाका वडा नं २ र ४ गरी दुई वडा कार्यालयका भवन निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ । छ वडा रहेको चुरेका पालिकाको सुविधासम्पन्न प्रभासनिक भवनसँगै अन्य चार वडा कार्यालयका प्रशासनिक भवन यसअघि नै निर्माण भइसकेका छन् ।

    सो पालिकाका छवटै वडा कार्यालय पालिकाको केन्द्र कार्यालयसँग सडक सञ्जालमा जोडिएको गाउँपालिकाका इन्जिनियर उमेश जोशीले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट