images

Sep 29 2026 | २०८३, असोज १३ गते

बाढीको जोखिम टर्दै, नारायणी र मर्स्याङ्दीको बहाव घट्यो

बाढीको जोखिम टर्दै, नारायणी र मर्स्याङ्दीको बहाव घट्यो

नारायणीबाहेक अन्य सबै प्रमुख नदीमा बाढीको जोखिम टरेको, मर्स्याङ्दीबारे तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको जिल्ला प्रशासनको जनाउ

सोमबार, असोज १२ २०८३
सोमबार, असोज १२ २०८३
  • बाढीको जोखिम टर्दै, नारायणी र मर्स्याङ्दीको बहाव घट्यो

    काठमाडौँ । केही दिनयता परेको अविरल वर्षापछि आएको बाढीले चिन्ता बढाएकोमा नारायणी नदीको जलसतह घट्दै गएको छ। नारायणीबाहेक अन्य सबै प्रमुख नदीमा पनि बाढीको जोखिम टरेको बताइएको छ। बाढीका कारण खतराको तह पार गरेको नारायणीको बहाव घटेसँगै तटीय क्षेत्रका बासिन्दाले केही राहत पाएका छन्।

    मर्स्याङ्दी नदीको बहाव पनि क्रमशः घट्दै गएको छ। जिल्ला प्रशासनले हाल तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको जनाएको छ। नदी किनारका बासिन्दालाई भने सावधानी अपनाउन प्रशासनले आग्रह गर्दै आएको छ।

    बुधबारदेखि लगातार परेको वर्षा आइतबार थामिएपछि मौसममा सुधार आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक बादल लाग्नेछ। हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।

    बाढी घटेसँगै जनजीवन सामान्य बनाउने प्रयास पनि सुरु भएको छ। कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु हुँदै छ। नारायणी नदीमा बगेर पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम पनि सुरु भएको छ। नारायणीको पुलमा भने ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

    यद्यपि अविरल वर्षा र बाढीपहिरोले विभिन्न स्थानका विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ, र मुस्ताङजस्ता क्षेत्रमा सडक, बिजुली र इन्टरनेट सेवा अझै अवरुद्ध छन्। सम्बन्धित निकायले सेवा पुनः सुचारु गर्न प्रयास जारी राखेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट