images

Sep 29 2026 | २०८३, असोज १३ गते

माइडियाको दसैँ विशेष योजना: रु. ३७,७०० सम्म ग्यारेन्टेड क्यासब्याकसँगै आकर्षक उपहार

माइडियाको दसैँ विशेष योजना: रु. ३७,७०० सम्म ग्यारेन्टेड क्यासब्याकसँगै आकर्षक उपहार

रेफ्रिजरेटर, वाशिङ मेसिन र डिसवासर खरिदमा निःशुल्क उपहार, मासिक लक्की ड्रमा साइड बाई साइड रेफ्रिजरेटर जित्ने अवसर, शून्य प्रतिशत ब्याजमा EMI र १० वर्षसम्मको वारेन्टी

सोमबार, असोज १२ २०८३
सोमबार, असोज १२ २०८३
  • माइडियाको दसैँ विशेष योजना: रु. ३७,७०० सम्म ग्यारेन्टेड क्यासब्याकसँगै आकर्षक उपहार

    काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै विश्वप्रसिद्ध होम एप्लायन्सेस ब्रान्ड माइडिया (Midea) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘This Dashain, Bring Home the Celebration. Beautifully Yours.’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले माइडियाका विभिन्न घरायसी उपकरणको खरिदमा आकर्षक क्यासब्याक, सुनिश्चित उपहार र अन्य सुविधा प्राप्त गर्न सक्नेछन्।

    योजनाअन्तर्गत उपभोक्ताले रु. ३७,७०० सम्मको ग्यारेन्टेड क्यासब्याक पाउनेछन्। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर खरिदमा इन्डक्सन कुकटप निःशुल्क दिइनेछ। त्यसैगरी फ्रन्ट लोड वाशिङ मेसिनसँग ६ केजी, टप लोड वाशिङ मेसिनसँग ४ केजी र सेमी अटोमेटिक वाशिङ मेसिनसँग २ केजी सर्फ एक्सेल उपहार पाइनेछ भने डिसवासर खरिदमा २ वटा वाशिङ ट्याब्लेट निःशुल्क प्रदान गरिनेछ।

    यसका अतिरिक्त योजनामा सहभागी उपभोक्तामध्ये हरेक महिना लक्की ड्रमार्फत एक जनाले माइडिया साइड बाई साइड रेफ्रिजरेटर जित्ने अवसर पाउनेछन्। लक्की ड्रमा सहभागी हुन उपभोक्ताले उपलब्ध QR Code स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ। साथै, शून्य प्रतिशत ब्याजदरमा सहज EMI सुविधा र छनोट गरिएका उत्पादनमा १० वर्षसम्मको वारेन्टी सुविधा पनि उपलब्ध छ।

    यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ। दसैँको अवसरमा परिवारसँग बिताइने खुसीका पललाई अझ सहज र विशेष बनाउने उद्देश्यले माइडियाले आधुनिक प्रविधि, उपयोगी सुविधा र आकर्षक उपहारसहित यो योजना ल्याएको जनाएको छ।

    चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा माइडियाका उत्पादन उपलब्ध गराउँदै आएको छ। नेपालभरिका आधिकारिक डिलर नेटवर्क, २२ वटा CG Digital शोरुम तथा cgdigital.com.np मार्फत माइडियाका उत्पादन खरिद गर्न सकिन्छ। उपभोक्ताले आफ्नो परिवारको आकार, घरायसी आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडल छनोट गर्न सक्नेछन्। नेपाली बजारमा माइडियाका रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ ओभन, चिम्नी र विभिन्न साना घरायसी उपकरण उपलब्ध छन्। कम्पनीले आधुनिक प्रविधियुक्त र उपभोक्तामैत्री उत्पादनमार्फत नेपाली ग्राहकको आवश्यकता पूरा गर्दै आइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट