images

Sep 29 2026 | २०८३, असोज १३ गते

सिजीको दशैँ–तिहार महायोजना: स्मार्ट घरायसी उपकरण खरिदमा भियतनाम र मेघौली सेराई भ्रमण जित्ने अवसर

सिजीको दशैँ–तिहार महायोजना: स्मार्ट घरायसी उपकरण खरिदमा भियतनाम र मेघौली सेराई भ्रमण जित्ने अवसर

भरोसा नेपालीको, उत्सव दशैँ, तिहारको’ योजनाअन्तर्गत हरेक १५ दिनमा ५ वटा उपकरणको बन्डल जित्ने मौका

ह्यासट्यागहरू: #CG #सिजी #ExperienceLifeWithCG #CGMeridia #सिजीमेरिडिया #CGElectronics #CGDigital #CGcares #DashainTiharOffer #दशैँतिहारअफर #भरोसानेपालीको #LuckyDraw #SmartHomeAppliances #ChaudharyGroup

सोमबार, असोज १२ २०८३
सोमबार, असोज १२ २०८३
  • सिजीको दशैँ–तिहार महायोजना: स्मार्ट घरायसी उपकरण खरिदमा भियतनाम र मेघौली सेराई भ्रमण जित्ने अवसर

    काठमाडौँ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले बडादशैँ र तिहारलाई लक्षित गर्दै स्मार्ट घरायसी उपकरण (SDA) मा विशेष चाडपर्व योजना ल्याएको छ। आफ्नो वार्षिक अभियान ‘Experience Life with CG’ अन्तर्गत सार्वजनिक गरिएको ‘भरोसा नेपालीको, उत्सव दशैँ, तिहारको’ योजनामार्फत उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै चाडपर्वको विशेष उपहार दिने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

    योजनाअन्तर्गत सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरण खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत आकर्षक उपहार जित्न सक्नेछन्। बम्पर लक्की ड्रका भाग्यमानी विजेताले भियतनाम भ्रमण वा मेघौली सेराई भ्रमणको अवसर पाउनेछन्। त्यसैगरी हरेक १५ दिनमा हुने लक्की ड्रमा परेका विजेताले आफूले रोजेका कुनै पनि ५ वटा उपकरणको बन्डल पाउनेछन्। सहभागी हुन उपकरण खरिदपछि क्युआर कोड स्क्यान गरेर सजिलै दर्ता गर्न सकिन्छ।

    सिजीले ‘Experience Life with CG’ अभियानमार्फत ग्राहकको जीवनस्तर सुधार्न र दैनिक कामलाई सहज बनाउन सधैँ जोड दिँदै आएको छ। यही अभियानको प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ले अत्याधुनिक प्रविधि र विलासिताको संयोजन गर्दै घरको शोभा बढाउने र उच्च कार्यक्षमतासहितको प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ।

    ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका उत्पादन देशभरका २२ वटा अत्याधुनिक सिजी डिजिटल शोरुम, ६ वटा एलजी ब्रान्ड शप, कम्पनीका आधिकारिक अनलाइन प्लेटफर्म र अधिकृत बिक्री केन्द्रबाट खरिद गर्न सकिन्छ।

    बिक्रीपछिको सेवालाई छिटो र सहज बनाउन कम्पनीले ‘CG cares’ एप सञ्चालनमा ल्याएको छ। यो एप र देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत भरपर्दो सेवा उपलब्ध गराइँदै आएको कम्पनीले जनाएको छ।

    यो योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भइसकेको छ। थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ। थप सहज सेवाका लागि प्लेस्टोर वा एपस्टोरबाट ‘CG cares’ एप डाउनलोड गर्न सकिन्छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट