अनलाइन हिंसादेखि बलात्कारसम्म : बालबालिकाको सुरक्षामा सिजपको चिन्ता
अनलाइन हिंसादेखि बलात्कारसम्म : बालबालिकाको सुरक्षामा सिजपको चिन्ता
बालबालिकाको सुरक्षामा सिजपको चिन्ता
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (Child Zone of Peace — CZoP/CJP)
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप — CZOP) ले बालिका तथा किशोरीमाथि हुने बलात्कार, यौन दुर्व्यवहार, हिंसा र अनलाइन हिंसाका घटना बढ्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ। विशेष गरी बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको प्रसंगमा यो विज्ञप्ति जारी भएको हो।
सिजपका प्रमुख माग:
- घटनाको निष्पक्ष र शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने
- पीडित र परिवारलाई न्यायसँगै निःशुल्क कानुनी सहायता, स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने
- घर, विद्यालय, सार्वजनिक स्थल र अनलाइनमा बालबालिकाको सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्ने
- हिंसा/दुर्व्यवहारका घटनाको प्रभावकारी छानबिनका लागि उच्चस्तरीय समन्वय संयन्त्र वा राष्ट्रिय बाल अधिकार आयोग गठन गर्नुपर्ने
- स्थानीय तह र विद्यालयमार्फत बालअधिकार, कानुनी साक्षरता र अभिभावक शिक्षा प्रभावकारी बनाउनुपर्ने
पीडितको गोपनीयता र सम्मानको अधिकारप्रति संवेदनशील बन्न आग्रह गर्दै, पीडित बालबालिकाको पहिचान खुल्ने तस्बिर, नाम वा व्यक्तिगत विवरण तथा घटनाका विभत्स दृश्य सामाजिक सञ्जालमा प्रसार नगर्न सिजपले अनुरोध गरेको छ।
"बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नु राज्य र समाजको साझा जिम्मेवारी हो," भन्दै हरेक बालबालिकाले भय र हिंसामुक्त वातावरणमा सुरक्षित बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने सिजपले जनाएको छ।
यो विज्ञप्ति सिजपका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेले जारी गरेका हुन्।
