Sep 18 2026 | २०८३, असोज २ गते

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९५ करोडभन्दा बढी जम्मा

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९५ करोडभन्दा बढी जम्मा

बुधबार, भदौ २४ २०८३
बुधबार, भदौ २४ २०८३
  • प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९५ करोडभन्दा बढी जम्मा

    काठमाडौं — प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा भदौ २३ गते मंगलबार साँझ ५ बजेसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात पुगेको छ। अर्थ मन्त्रालयका अनुसार कोषका ९ वटा रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ। अमेरिकी डलरलाई प्रतिडलर रु. १५०.८८ का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको मन्त्रालयले जनाएको छ।

    रसुवा-भोटेकोशी बाढीपछिको अवधिमा मात्रै कोषमा रु. ७ अर्ब ६८ करोड ४४ लाख तथा २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर संकलन भएको छ, जुन विपद्अघिको रु. २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको हो। भदौ २३ गते एक दिनमै मात्र कोषमा ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर थप संकलन भएको छ, जसले दैनिक रूपमा नै सहयोगको प्रवाह जारी रहेको देखाउँछ।

    राहत तथा उद्धारका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई कोषबाट रु. १ अर्ब हस्तान्तरण गरिसकिएको छ। बाढी प्रभावितका लागि यो रकम तत्काल परिचालन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    कोषमा सहयोग गर्नेको सूचीमा सरकारी निकाय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय संस्था र सर्वसाधारण नागरिक समेत सामेल छन्। नेपाल टेलिकमका कर्मचारीको तर्फबाट रु. २ करोड २ लाख सहयोग भएको छ भने मनकामना केबलकारका कर्मचारीले पनि बाढीपीडितलाई सहयोग गरेका छन्। पब्जी मोबाइल नेपाल लगायत विभिन्न संस्थाले पनि राहतमा योगदान पुर्‍याइरहेका छन्।

    नेपाल स्काउटले बाढी-पहिरो विपद् व्यवस्थापनमा उद्धारदेखि पुनःस्थापनासम्म अग्रपंक्तिमा रहेर काम गरिरहेको समेत बताइएको छ। कोषमा भइरहेको यो निरन्तर संकलनले भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापना कार्यमा थप वित्तीय स्रोत सुनिश्चित हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट