images

Sep 24 2026 | २०८३, असोज ८ गते

कांग्रेस फुटको डिलमा? खड्काको भावुक अपिल

कांग्रेस फुटको डिलमा? खड्काको भावुक अपिल

खड्काको भावुक अपिल

आइतबार, असोज ४ २०८३
आइतबार, असोज ४ २०८३
  • कांग्रेस फुटको डिलमा? खड्काको भावुक अपिल

    नेपाली कांग्रेसका पूर्वउपसभापति तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, "यदि कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित छ, तैपनि हामी त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौं।"

    खड्काले पार्टी इतिहासकै गम्भीर मोडमा पुगेको औंल्याउँदै कांग्रेसको विभाजनले पार्टीलाई मात्र नभई समग्र राष्ट्रिय राजनीति र लोकतान्त्रिक व्यवस्थामा समेत दीर्घकालीन र गम्भीर असर पार्ने चिन्ता व्यक्त गरेका छन्। उनले सर्वोच्च अदालतमा विचाराधीन कांग्रेससम्बन्धी पुनरावलोकनको मुद्दालाई अग्राधिकार दिएर यथाशीघ्र टुंगो लगाउन आग्रह गरेका छन्।

    खड्काले आफू महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी नरहेको पनि स्पष्ट पारेका छन्। उनी आफैंले गगन थापाको नेतृत्वविरुद्ध अदालतमा रिट दायर गरेको भन्दै नैतिकताका आधारमा महाधिवेशनमा भाग नलिने निर्णय गरेका हुन्। कुनै बेला कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकटस्थ रहेका खड्का पछिल्लो समय गगन पक्षमा खुलेका थिए, र उनीनिकट अधिकांश नेता हाल गगन पक्षकै संस्थापन पक्षमा रहेका छन्।

    पार्टीभित्र देउवा र गगन थापा पक्षले फरक-फरक मिति तोकेर समानान्तर १५औं महाधिवेशन प्रक्रिया अघि बढाइरहेको बेला खड्काको यो वक्तव्य आएको छ। गगन थापा नेतृत्वको संस्थापन पक्षले वडा अधिवेशन प्रक्रिया अघि बढाइरहेकाबीच खड्काको यस चेतावनीले पार्टीभित्रको शक्ति-समीकरणमा थप तरंग ल्याएको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट