images

Oct 07 2026 | २०८३, असोज २१ गते

एनआरएनएद्वारा भोटेकोशी बाढी राहत अभियानको समीक्षा, पुनर्निर्माणमा सहकार्यमा जोड

एनआरएनएद्वारा भोटेकोशी बाढी राहत अभियानको समीक्षा, पुनर्निर्माणमा सहकार्यमा जोड

पुनर्निर्माणमा सहकार्यमा जोड

सोमबार, असोज १९ २०८३
सोमबार, असोज १९ २०८३
  • एनआरएनएद्वारा भोटेकोशी बाढी राहत अभियानको समीक्षा, पुनर्निर्माणमा सहकार्यमा जोड

    काठमाडौं, २०८३ असोज 

    गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेको राहत तथा मानवीय सहयोग अभियानको हालसम्मको प्रगति र प्राप्त सहयोगबारे अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा समीक्षा गरेको छ। बैठकमा राहत वितरणका क्रममा देखिएका चुनौती, स्थानीय तहसँगको समन्वय तथा थप सहयोग आवश्यक क्षेत्रबारे छलफल भएको थियो।

    बैठकले राहत अभियानलाई क्रमशः पुनर्स्थापना र पुनर्निर्माणतर्फ अघि बढाउँदै नेपाल सरकारसँग समन्वय र सहकार्य गर्नुपर्ने विषयमा जोड दिएको छ। पुनर्निर्माणको रणनीतिक योजना बनाउन नेपाल तथा विदेशमा रहेका विज्ञ, योजनाविद् र सरकारसँग समन्वय गरी कार्यशाला आयोजना गर्ने छलफल भएको छ। साथै, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई स्रोत जुटाउन सक्रिय रूपमा सहयोग गर्न अनुरोध गरिएको छ।

    एनआरएनएले आफन्तको काजक्रिया सकेका थप ३ परिवारलाई ग्यास सिलिन्डर, भाँडाकुँडा र खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेको छ। यसअघि पनि ४८ परिवारलाई सोही परिमाणमा राहत उपलब्ध गराइएको थियो।

    भोटेकोशी–रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार अभियानका लागि कुल ९ करोड ३९ लाख ६६ हजार २२६ रुपैयाँ प्रतिबद्धता प्राप्त भएकोमा हालसम्म ६ करोड ७० लाख ८८ हजार ९६० रुपैयाँ सङ्कलन भएको छ। एनसीसी तथा संस्थाहरूमध्ये युके (पहिलो चरण) बाट सबैभन्दा बढी ५३ लाख ४३ हजार रुपैयाँ, कतारबाट करिब ४६ लाख र अष्ट्रेलियाबाट करिब ३१ लाख रुपैयाँ प्राप्त भएको छ।

    5f9aa5e3-03d0-4e19-8e41-e35cf5290858.jpg

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट