images

Oct 10 2026 | २०८३, असोज २४ गते

उत्तरगया–४ का ८० बाढीपीडित परिवारलाई एनआरएनएको राहत सामग्री वितरण

उत्तरगया–४ का ८० बाढीपीडित परिवारलाई एनआरएनएको राहत सामग्री वितरण

राहत तथा मानवीय सहयोग अभियानको ४३औँ दिन, ३२ देश तथा संस्थाबाट ७ करोड १० हजार ६२१ रुपैयाँ संकलन

शुक्रबार, असोज २३ २०८३
शुक्रबार, असोज २३ २०८३
  • उत्तरगया–४ का ८० बाढीपीडित परिवारलाई एनआरएनएको राहत सामग्री वितरण

    काठमाडौं, असोज २१ । गैरआवासीय नेपाली संघ (एनआरएन) को राहत तथा मानवीय सहयोग अभियानको ४३औँ दिनमा भोटेकोशी बाढीले प्रभावित रसुवाको उत्तरगया–४ का ८० बाढीपीडित परिवारका लागि राहत सामग्री वितरण गरिएको छ । राहत सामग्रीमा भान्सामा प्रयोग हुने सामग्री, ग्यास चुल्हो, ग्यास सिलिन्डर र प्रेसर कुकरलगायत रहेका एनआरएनले जनाएको छ ।

    राष्ट्रिय समन्वय परिषद् (एनसीसी) फिलिपिन्स, नेपाल डेभलपमेन्ट एकेडेमी (एनडीए) र स्टिचिङ नेपाल फन्ड्स, नेदरल्यान्ड्सको सहयोगमा यो राहत सामग्री उपलब्ध गराइएको हो । एनआरएन महिला संयोजक रश्मी थापा, फिलिपिन्सका कोषाध्यक्ष प्रेम लामा र सदस्य इभान अमात्यलगायतको टोलीले रसुवा पुगेर उत्तरगया–४ का वडाध्यक्ष अमर बुलनलाई सामग्री हस्तान्तरण गरेको थियो । त्यसपछि प्रत्यक्ष रूपमा पीडितलाई उक्त सामान बाडिएको छ।

    IMG-20261009-WA0047.jpg

    एनआरएनका अनुसार गत भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी छ । भोटेकोशी–रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार यस अभियानका लागि कुल ९ करोड ३९ लाख ६६ हजार २२६ रुपैयाँ प्रतिबद्धता प्राप्त भएको छ । त्यसमध्ये हालसम्म ७ करोड १० हजार ६२१ रुपैयाँ संकलन भइसकेको छ ।

    रकम पठाउने देशहरूमध्ये बेलायत सबैभन्दा अगाडि छ, जहाँबाट ५३ लाख ४३ हजार २४४ रुपैयाँ २५ पैसा संकलन भएको छ । दोस्रो स्थानमा रहेको कतारबाट ४६ लाख ६ हजार ८८३ रुपैयाँ र तेस्रो स्थानमा रहेको अस्ट्रेलियाबाट ३१ लाख १ हजार ५८१ रुपैयाँ ७६ पैसा प्राप्त भएको छ । जापानबाट २८ लाख ८७ हजार, क्यानाडाबाट २७ लाख ३ हजार ४०७ रुपैयाँ ५० पैसा, बहराइनबाट २५ लाख ७९ हजार ३२८ रुपैयाँ र चीनबाट २५ लाख रुपैयाँ संकलन भएको छ ।

    IMG-20261009-WA0006.jpg

    यस्तै न्युजिल्यान्डबाट २१ लाख ५२ हजार ८९९ रुपैयाँ ७३ पैसा, स्पेनबाट २० लाख ४३ हजार ८१६ रुपैयाँ ८० पैसा, स्विट्जरल्यान्डबाट १८ लाख ८२ हजार ६७२ रुपैयाँ ९१ पैसा र हङकङबाट १८ लाख ७७ हजार २३२ रुपैयाँ ५० पैसा प्राप्त भएको छ । स्टिचिङ नेपाल फन्ड्स (नेदरल्यान्ड्स) ले १८ लाख ५५ हजार २८० रुपैयाँ ९७ पैसा, स्विडेनले १८ लाख ३१ हजार ५३५ रुपैयाँ र नर्वेले १७ लाख ८९ हजार ८४२ रुपैयाँ ९६ पैसा सहयोग जुटाएका छन् ।

    अन्य सहयोगीमध्ये इराकबाट १४ लाख ९ हजार ११७ रुपैयाँ २४ पैसा, ओमानबाट १३ लाख १५ हजार, फिलिपिन्सबाट १२ लाख, दक्षिण कोरियाबाट ११ लाख १० हजार ८१२ रुपैयाँ, लक्जेम्बर्गबाट १० लाख ४६ हजार ५४८ रुपैयाँ ८६ पैसा र साउदी अरेबियाबाट १० लाख रुपैयाँ संकलन भएको छ । डेनमार्कबाट ९ लाख १९ हजार ३०५ रुपैयाँ ८५ पैसा, टर्कीको युरोपेली क्षेत्रका नेपाली संघबाट ७ लाख ५० हजार ३३७ रुपैयाँ, सेशेल्सबाट ७ लाख १६ हजार २४ रुपैयाँ, कंगोबाट ७ लाख रुपैयाँ, संयुक्त अरब इमिरेट्सबाट ६ लाख ५८ हजार ६६३ रुपैयाँ र म्यानमारबाट ६ लाख १ हजार रुपैयाँ प्राप्त भएको छ ।

    बेल्जियमबाट ५ लाख ११ हजार ६९७ रुपैयाँ १९ पैसा र इजरायलबाट ५ लाख ४ हजार ३८५ रुपैयाँ संकलन भएको छ । आयरल्यान्ड, रुस, थाइल्यान्ड र नेदरल्यान्ड्सले भने प्रत्येकले ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

    IMG-20261009-WA0013.jpg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार