Aug 12 2026 | २०८३, साउन २७ गते

गृहमन्त्रीले संसद्‍बाट जवाफ होइन राजीनामा दिनुपर्थ्यो : केपी ओली

गृहमन्त्रीले संसद्‍बाट जवाफ होइन राजीनामा दिनुपर्थ्यो : केपी ओली

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • गृहमन्त्रीले संसद्‍बाट जवाफ होइन राजीनामा दिनुपर्थ्यो : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साउन ३ गते बरामद भएको सय केजी सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाबारे प्रश्न उठाएका छन्।

    images

    आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले यस प्रकरणमा गृहमन्त्रीको भूमिकाबारे प्रश्न उठाउँदै उनले पदमा बसिरहनु गलत भएको बताए।  

    ‘गृहमन्त्री संसद्को रोस्ट्रममा उभिन जाँदा राजीनामा दिनुपर्थ्यो’, उनले भने, ‘ई-सिगरेटमा सुन भेटिन्छ, ब्रेक सुमा सुन भेटिन्छ, भन्सारको सीसीटीभी फुटेज बिगारिएको छ। तार काट्ने, क्यामेराको मुन्टो अन्त फर्काउने अनि बाहिर स्टन्ट गर्ने, कस्तो सरकार हो यो?’ 

    उनले गृहमन्त्री श्रेष्ठले बाहिर बाहिर ठूला कुरा गरेर भित्र तस्करहरुसँग साँठगाँठ गरेको बताए। आफूहरुले उच्चस्तरीय समिति बनाएर जाऊँ भन्दा २/४ जना स्वार्थी तत्वका पछाडि समूहबन्दी बनाएर सरकार कुदिरहेको बताए। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट