Aug 11 2026 | २०८३, साउन २६ गते

ओलीकाे गृहजिल्लाबाट रविले भने– सत्तामा पुगेपछि राज्यको सम्पत्ति लुट्ने एकएक नेताहरूलाई दण्डित गर्नेछाैँ

ओलीकाे गृहजिल्लाबाट रविले भने– सत्तामा पुगेपछि राज्यको सम्पत्ति लुट्ने एकएक नेताहरूलाई दण्डित गर्नेछाैँ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
  • ओलीकाे गृहजिल्लाबाट रविले भने– सत्तामा पुगेपछि राज्यको सम्पत्ति लुट्ने एकएक नेताहरूलाई दण्डित गर्नेछाैँ

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पुराना राजनीतिक दलका नेताहरूका लागि पहिला लुटेको सम्पत्ति लुकाउने समय अब चार वर्ष मात्र रहेको बताएका छन्।

    images

    २०८४ सालको निर्वाचनपछि आफ्नो पार्टी सरकारमा पुगेपछि लुटेका सबै सम्पत्तिबारे छानबिन गरेर एक–एक गरेर राज्यको सम्पत्ति लुट्ने नेताहरूलाई दण्डित गर्ने उनले दाबी गरे।

    झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित आमसभामा बोल्दै रास्वपाका सभापति लामिछानेले भने, ‘३२ वर्षमा लुटेको सम्पत्ति लुकाउनमा अबको चार वर्ष उनीहरू व्यस्त रहने छन्। तर २०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि हेरौंला के गर्दा रहेछन्।’

    अहिले चलिरहेका ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणलाई मुटु दह्रो बनाएर अनुसन्धान गर्ने हो भने केही नेताबाहेक प्रायः सबै नेताको बास जेलमा हुने लामिछानेको भनाइ थियो।

    उनले भने, ‘मुटु दह्रो भएको अनुसन्धान गर्ने हो भने धेरै नेताहरू बाँकी रहँदैनन्। मात्र तीन वटा फाइलले।’

    इतिहासमा त्यस्ता भ्रस्टाचारका धेरै फाइल रहेका र कतिपय फाइल लुकाइएको अवस्थामा रहेका उनको दाबी थियो। आफूले आफ्नो निर्वाचन क्षेत्रमा गरेको कामको टीकाटिप्पणी हुने गरेकोमा उनले अन्य दलहरूलाई पनि त्यसरी काम गर्न चुनौती दिए।

    लामिछानेले भने, ‘तपाईंहरूले पनि राम्रा कामको सुरुवात गर्नुहोस्। त्यहाँ ताली बजाउन अग्रपंक्तिमा म आफैं उपस्थित हुनेछु।’ नेपाली राजनीतिमा सही मान्छेलाई अवसर दिनुभन्दा आफ्ना मान्छेलाई पोस्ने परम्परा बसेको उनले बताए।

    आम सभालाई पार्टीका महामन्त्री मुकुल ढकाल, केन्द्रीय सदस्य रमेश प्रसाईं, सांसदहरू मनीष झा, निशा डाँगीलगायतले सम्बोधन गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट