Aug 11 2026 | २०८३, साउन २६ गते

अदालतकाे आदेश सीआईबीले मानेन, पूर्व प्रधानमन्त्रीहरु बाबुराम–नेपाल माथि अनुसन्धान बिनै प्रतिवेदन बुझाइने

अदालतकाे आदेश सीआईबीले मानेन, पूर्व प्रधानमन्त्रीहरु बाबुराम–नेपाल माथि अनुसन्धान बिनै प्रतिवेदन बुझाइने

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
  • अदालतकाे आदेश सीआईबीले मानेन, पूर्व  प्रधानमन्त्रीहरु बाबुराम–नेपाल माथि अनुसन्धान बिनै प्रतिवेदन बुझाइने

    काठमाडाैं |  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन आज (आइतवार) जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने भएको छ ।

    images

    सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी रहेको सीआईबी स्रोतले लोकान्तरलाई जानकारी दियो ।

    'प्रतिवेदन लेखनलगायत काम अन्तिम चरणमा छ,' स्रोतले भन्यो, 'आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँछौं ।' 

    यस प्रकरणमा असार १२ गते भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित केही अभियुक्त पक्राउ परेका थिए । त्यसको ६० दिन अर्थात् भदौ ८ गतेभित्र अदालतमा मुद्दा टेकाइसक्नुपर्ने बाध्यता छ । 

    सरकारी वकिललाई मुद्दा लेख्न कम्तीमा ५ दिनको समय बाँकी राखेर सीआईबीले प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । त्यस हिसाबले आज प्रतिवेदन बुझाउनै पर्ने दबाबमा सीआईबी छ ।  स्रोतका अनुसार प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईका सम्बन्धमा अनुसन्धान नगरी प्रतिवेदन बुझाउने भएको हो । 

    दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुद्दा नचलाएको र कीर्ते गरेको पुष्टि हुने ठोस आधार पनि नभेटिएकाले बयान वा कागज गराउन आवश्यक नभएको निष्कर्षमा सीआईबी पुगेको उच्च स्रोतले जानकारी दियो । ‘उहाँ (पूर्व प्रधानमन्त्री)हरूमाथि अख्तियारले भ्रष्टाचारमा मुद्दा चलाएको छैन । अहिले कीर्तेमा अनुसन्धान भइरहेको हो । उहाँहरूले नै कीर्ते गरेको भन्ने ठोस आधार पनि देखिँदैन,’ उच्च स्रोतले भन्यो ।

    माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वका मन्त्रिपरिषदले गरेका निर्णयको जगमा ललितानिवासको जग्गा हिनामिना भएको भन्दै उनीहरूमाथि छानबिन गर्न दबाब थियो ।  

    सर्वोच्च अदालतले पनि पिरामिड शैलीमा माथिबाट अनुसन्धान गर्न आदेश दिएपछि दुई पूर्व प्रधानमन्त्रीमाथि कम्तीमा बयान वा कागज गराउनुपर्ने बाध्यता आइलागेको चर्चा समेत हुँदै आएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट