images

Jul 27 2024 | २०८१, साउन १२ गते

प्रतिनिधिसभाको बैठक आज पनि बस्न सकेन, रविले भने- सम्भवतः भोलि सहमति जुट्छ !

प्रतिनिधिसभाको बैठक आज पनि बस्न सकेन, रविले भने- सम्भवतः भोलि सहमति जुट्छ !

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
  • प्रतिनिधिसभाको बैठक आज पनि बस्न सकेन, रविले भने- सम्भवतः भोलि सहमति जुट्छ !

    सङ्घीय संसद् अन्तर्गत आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । 

    images

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा अवरोध गर्ने भएपछि भदौ ५ गते ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।  नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

    आइतबार बिहान संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, सत्तापक्ष र प्रतिपक्षले अडान नछोड्दा सहमति जुट्न सकेको थिएन ।

    आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको थियो । 

    त्यस्तै बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने, बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने लगायत सम्भावित कार्यसूची रहेको  थियो ।

    यता, सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रास्वपा सभापति रवि लामिछानेले सहमतिको नजिक पुगेको बताए। 

    ‘एकदमै धेरै नजिक पुग्यौं। एमाले अध्यक्ष अस्वस्थ भएर उपस्थित हुन पाउनुभएन। अब सम्भवतः एउटा बैठकबाट सहमति जुट्छ।’

    आजको बैठकमा गम्भीर तरिकाबाट कुराकानी भएको भन्दै मुख्य ‘बटमलाइन’ संसद् खोल्ने बैठकमा छलफल भएको लामिछानेले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार