Aug 12 2026 | २०८३, साउन २७ गते

समाजवादी मोर्चाले सातै प्रदेशमा प्रदेश स्तरीय घोषणा सभा  गर्ने 

समाजवादी मोर्चाले सातै प्रदेशमा प्रदेश स्तरीय घोषणा सभा  गर्ने 

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • समाजवादी मोर्चाले सातै प्रदेशमा प्रदेश स्तरीय घोषणा सभा  गर्ने 

     काठमाडौँ । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा प्रदेश स्तरीय घोषणा सभाहरू गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको मुख्यालयमा बसेको मोर्चाको तेस्रो बैठकले सो निर्णय गरेको हो ।

    images

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने निर्णय गरेको छ । सोही घोषणासभाबाट प्रदेश मोर्चाको गठन गरिने पनि हमालले बताए ।

    त्यस्तै, बैठकबारे जानकारी दिँदै नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आजको बैठकपछि समाजवादी मोर्चाबारे सिर्जना भएका विभिन्न आशङ्काहरू आजदेखि अन्त्य भएको दाबी गरे । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै चन्दले भने, ‘एउटा तरङ्गमय माहौलमा मोर्चा घोषणा भएको थियो । तर, लामो समय बैठक बस्न नसक्दा बाहिर के हो–हो भन्ने भएको थियो । आज त्यो अन्त्य भएको छ ।’

    आजको बैठकमा तीनवटा एजेन्डामा छलफलहरू भएका थिए । जसमा समसामयिक राजनीति, सातै प्रदेशमा घोषणा सभा र मोर्चाको सचिवालयले गरेका निर्णयहरू अनुमोदन गर्ने रहेको थियो । विप्लवका अनुसार आजको बैठकले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि गरिएको छ ।

    मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट