Aug 11 2026 | २०८३, साउन २६ गते

स्व.प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक  : सभापति देउवा

स्व.प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक  : सभापति देउवा

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • स्व.प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक  : सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व। गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले समाजवादी चिन्तकको रूपमा बिपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताएका हुन् ।

    images

    सभापति देउवाले स्व। गिरीका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए । गिरीका लेखबाट सिङ्गो पार्टी नै लाभान्वित हुने उनको भनाई थियो ।

    उनले भने, ‘उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रूपमा लिएको छु । उहाँका लेख, कृतिहरू पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिङ्गो पार्टी लाभान्वित हुनेछ ।’सभापति देउवाले स्व। गिरीप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट