images

Sep 30 2026 | २०८३, असोज १४ गते

बीपीपछिको सबैभन्दा ठूलो समाजवादी चिन्तक प्रदीप गिरी– देउवा 

बीपीपछिको सबैभन्दा ठूलो समाजवादी चिन्तक प्रदीप गिरी– देउवा 

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • बीपीपछिको सबैभन्दा ठूलो समाजवादी चिन्तक प्रदीप गिरी– देउवा 

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरी कांग्रेसका संस्थापक नेता बीपी कोइरालापछिका ठूलो समाजवादी चिन्तक रहेको बताएका छन् । 

    केन्द्रीय कार्यालय सानेपामा आयोजित गिरीको पहिलो स्मरण सभामा बोल्दै देउवाले उनी कहिल्यै पनि नथाक्ने नेता भएको बताए । 

    ‘प्रदीप गिरी ठूलो समाजवादी चिन्तक हो । बीपीपछि कसैको नाम आउँछ भने उहाँ (गिरी) कै आउँछ,’ देउवाले भने, ‘उहाँ कहिल्यै नथाक्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँका विचार, चिन्तन, लेख र कृतिहरूबाट पार्टीले सधैं लाभ उठाउन सक्छ । यसैले उहाँका कृतिहरू पार्टीले प्रकाशन गर्नुपर्छ ।’ 

    पार्टीलाई सत्मार्गमा अग्रसर गराउन गिरीका विचार सधैं सान्दर्भिक हुने पनि देउवाले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट