Aug 09 2026 | २०८३, साउन २४ गते

राजनीतिकर्मी तथा समाजसेवी पोखरेलको “मेरो जीवनयात्रा” लोकार्पण

राजनीतिकर्मी तथा समाजसेवी पोखरेलको “मेरो जीवनयात्रा” लोकार्पण

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ३१ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ३१ २०८२
  • राजनीतिकर्मी तथा समाजसेवी पोखरेलको “मेरो जीवनयात्रा” लोकार्पण

    काठमाडौँ । नेपाल शिक्षक संघकी पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य नर्बदा पोखरेलको मेरो जीवनयात्रा नामक पुस्तकको असार ३१ गते एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ। आफ्नो शिक्षण जीवनको ४० बर्ष र त्यो भन्दा अगाडिको बिद्यार्थीकालीन जिन्दगी भाडाको कोठामा बसेर, पारिबारिक पृष्ठभूमी सामान्य रहेको राजधानीकै ललितपुरकी नारीले अध्ययनसंगै अध्यापन गर्दाको संघर्ष तथा पछिल्लो समय राजनीति र समाजसेवामा समेत अग्रसर गरिएका अध्यायहरु पुस्तकमा समेटिएका छन् । 

    images

    नेपाली कांग्रेसका महामन्त्री एवम् माननीय प्रतिनिधि सभाका सांसद गगन कुमार थापाले बिमोचन गरेको उक्त पुस्तकमा पोखरेलले श्रीमान्, छोराछोरी र अन्य परिवारको साथले स्नातकोत्तर सम्मको अध्ययन गर्न सफल हुन सकेको र नारी एउटा घर, समाज र राजनीतिलाई संगसंगै कसरी ब्यवस्थापन गर्न सक्छिन् भन्ने अनुभब धाराप्रवाह रुपमा लेखिएको छ। प्रकाशक स्वयं पोखरेल रहेकी उक्त पुस्तकको सम्पादन भने नेपाली भाषा बिज्ञ हरि अधिकारीले गरेका छन्। 

    झन्डै ३ सयको हाराहारीमा उपस्थीत उक्त समारोहमा राजनीतिज्ञ, पुर्व शिक्षक, समाजसेवी, पत्रकार लागायत् पोखरेल परिवारको बाक्लो उपस्थिति रहेको थियो। पोखरेलले आफ्नो जीवन कालमा हालसम्म आफुलाई सहयोग र उर्जा प्रदान गर्ने सबैप्रति आभार ब्यक्त गर्दै आफु परिवार, शिक्षण पेशा, समाजसेवा तथा राजनीतिक जीवनमा समेत सन्तुष्ट हुनसकेको ब्यक्त गरिन् भने सम्पादक अधिकारीले पुस्तकको संछिप्त परिचय दिएका थिए। समारोहमा उपस्थित नेपाली कांग्रेसका नेतागण तथा कार्यकर्ता, पूर्व शिक्षक तथा सहकर्मी, एवम् सामाजिक अभियन्ता तथा परिवारका सदस्यले समेत पोखरेलको अथक परिश्रम तथा योगदानबारे खुलेर प्रशंसा गरे भने प्रमुख अतिथि माननीय गगन थापाले नर्बदा पोखरेलजस्ता हजारौ मन सफा रहेका, मेहनती कार्यकर्ता नै नेपाली कांग्रेसका  बलिया स्तम्भ रहेको जिकिर गर्दै शुभकामना संदेश दिएका थिए। 
      
    साथै, पहिलो पुस्तक भएको कारण पाठकले पढेर अमूल्य प्रतिक्रिया, समीक्षा तथा टिप्पणी राखिदिए आभारी हुने पोखरेलको भनाई छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट